Logo

कोशीमा एमाले सरकारलाई समर्थन यथावत् रहेको राप्रपाको प्रष्टीकरण



काठमाडौं,२३ जेठ । केशी प्रदेश सरकार परिवर्तनको सरगमी बढिरहेको बेला प्रदेश सरकारको साँचो हातमा बोकेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको प्रष्टीकरण दिएको छ ।

आज प्रदेश सभाका रहेका सबै सांसद्ले संयक्तरुपमा विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाहेक अन्य विकलपमा नसोचेको स्प्रष्ट पारेका हुन् ।

प्रदेशसभामा राप्रपाका ६ सांसद रहेका छन् भने संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी एवं सरधकारका प्रवक्तासमेत रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिटौलाले भने, ‘हामीले अहिले सरकार परिवर्तनका बारेमा सोचेका छैनौं । अरूले सरकार छाडे पनि नछाडे पनि राप्रपाले सरकार छाड्दैन । दिएको समर्थन पनि फिर्ता लिँदैन ।’

९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ सांसद छन् भने एमाले राप्रपा बाहेकको गठवन्धनमा पनि सभामुख बाहेक ४६ सांसदनै रहेका छन् । राप्रपाको साथबिना विपक्षी गठवन्धनको पनि सरकार बन्नसक्ने अवस्था नभएको कारण मुख्यमन्त्री कार्कीको सरकार ढल्छ वा रहन्छ अहिलेनै अनुमान लगाउन सक्ने अवस्था छैन् ।



प्रतिक्रिया दिनुहोस्