Logo

हिमालयन ट्राभल मार्टको चौथो संस्करण आजदेखि



काठमाडौं, जेठ २३ । पर्यटन प्रबर्द्धनका लागि काठमाडौंमा आयोजना हुन लागेको हिमालयन ट्राभल मार्ट आजदेखि सुरु हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आयोजना हुन लागेको मार्टको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्वघाटन गर्ने कार्यक्रम रहेको छ ।

मार्ट सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाए । जसमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउने उनको भनाई छ । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन् ।

कोरोनापछिको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग पुर्याउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रिय रुपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने सिइओ बुडालको भनाइ छ ।
‘रि–कनेक्टिङ, रि–बिल्डिङ र रि–इन्भिगोरेटिङ’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन र सम्भावित बजारमा प्याकेज बिक्री वितरणमा उपयोगी हुने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्