Logo

अर्थमन्त्री महतलाई स्वर्णिम वाग्लेको तीन प्रश्न



काठमाडौं,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेको छ ।

मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई तीनवटा प्रश्न राखेका छन् । उनले उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गरेका छन् ।

यस्तो छ उनका तीन प्रश्न

पहिलो-यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

दोस्रो-एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पु¥याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?

तेस्रो-३ करोड जनसंख्या भएको देशमा ३०÷३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ? file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot