Logo

कांग्रेस सांसद चौधरीको अभिव्यक्तिप्रति एमाले सांसदहरुको नियमापत्ति



काठमाडौं,२५ जेठ । प्रतिनिधि सभाको बैठक अहिले जारी रहेको छ । आजको बैठकमा पनि सांसदहरुको बजेटमाथि आ-आफ्नो धारणा राख्नेक्रम जारी रहेको छ । बिहीवारको बैठकमा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीको अभिव्यक्तिप्रति नेकपा एमालेका महिला सांसदहरुले नियमापत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद् चौधरीले ‘जब पर्यो राति,अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए ।

उनले भनेका थिए , “किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्‍यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ ।” यस्तो प्रवृत्तिलाई कायम राखी किसानको मुहारमा खुसी ल्याउन सकिँदैन ।

उक्त उखानले नेपाली महिलाहरुप्रति अपमान र विभेद गरिएको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम २१ को घ को व्यवस्था प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

एमाले सांसद दीपा शर्मालगायतका सांसदहरुको नियमापत्ति पछि सभामुख देवराज घिमिरेले उक्त उखान ट्क्का संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot