Logo

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन



जाजरकोट, जेठ २७ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ ।

भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो ।

यसरी निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन् ।

स्कुलबाट फर्केर खाजा खाईवरी पौडी खेल्न गएका दुई बालक पौडी खेल्न गएको र सोही क्रममा डुवेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्