Logo

उपचार गर्न सिंगापुर पुगे देउवा



काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । पूर्व प्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि गएराति सिंगापुर पुगेको उनको सचिवालयले जनाएको छ । उपचारको पूर्व तयारीका लागि श्रीमती आरजु राणा पहिला नै सिंगापुर पुगेकी थिइन् ।

देउवाको सचिवालयका अनुसार २/२ वर्षमा नियमित स्वास्थ्य उपचारका जानुपर्नेमा यस पटक ३ वर्षपछि देउवा सिंगापुर गएका हुन् । पेटमा समस्या देखा परेपछि देउवाको तीन वर्ष अघि सिंगापुरमा उपचार गरिएको थियो । उनी एक सातापछि स्वदेश फर्किने छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot