Logo

विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानविरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ ।

पहिले ब्याटिङ गरिरहेको ओमानले ताजा अवस्थामा ५ ओभको खेल सकिँदा २ विकेटको क्षतिमा ६ रन बनाएर खेलिरहेको छ । सोमपाल कामीले नेपालको तर्फबाट २ विकेट लिएका हुन् ।

नेपालले जुन १८ मा घरेलु टोली जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले जुन २० मा अमेरिका २२ जुन मा वेस्ट इन्डिज र २४ जुन मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल र आयोजक जिम्बावे सहित वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड,स्कटल्यान्ड, ओमान र युएई छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot