Logo

डा.दिपेश घिमिरेको ‘शासन र शासक’ पुस्तक विमोचन



काठमाडौं, २ जेठ । डा. दिपेश घिमिरेद्वारा लिखित ‘शासन र शासक’ पुस्तक विमोचन भएको छ । आज (शनिबार) एक समारोहका बीच उक्त पुस्तकको विमोचन गरिएको हो । शिखा बुक्स्ले प्रकाशन गरेको उक्त पुस्तकमा लेखकले नेपाली समाजमा बहुदलीय लोकतन्त्रको स्थापना र त्यसपछिको सरकार र शासनको चरित्र र त्यससँग जोडिएर आफ्नो जीवनयापन गरिरहेका नेपालीहरूको भोगाइ समेटेका छन् ।

खासगरी यो पुस्तक लोकतान्त्रिक गणतन्त्रमा आधारित सुशासन कायम गर्ने नयाँ राजनीतिक व्यवस्थाको दार्शनिक, सैद्धान्तिक एवं व्यवहारिक परिकल्पना र आम नेपालीको जीवनको यथार्थताविचको तादम्यताको चित्रण र चिरफारको रुपमा रहेको छ ।

पुस्तकमा शासन र शासकको चरित्रलाई नेपाली नागरिक, नेपाल राज्य र विश्वव्यवस्थासँग जोडेर विश्लेषण गर्ने प्रयत्न लेखकले गरेका छन् । विमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वप्रधानन्यायाधीश शुशिला कार्की लगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्