Logo

के साँच्चै मौरीले मानिसलाई टोकेपछि मर्छ ?



संसारभर लगभग२० हजार प्रजातिका मौरीहरु पाइन्छ । इकोसिस्टममा रहेका हरेक साना–ठुला जीवमा आ–आफ्ना गुणहरु हुन्छन्, तीमध्ये मौरी पनि एक हो । मौरीको उपस्थिति वा अनुपस्थितिले इको सिस्टमलाई असर गर्छ भने मानव जीवनमा फाइदा पनि गर्छ र असरपनि गर्छ ।

मौरीले सामान्यतया कसैलाई सताउदैन तर उनीहरुलाई चलायो भने टोक्न सक्छन् । तपाईहरुले सुन्नुभएको होला कि मौरीले कसैलाई टोक्यो भने त्यो आपैmं मर्छ । तर त्यो पूर्ण सत्य होइन । सबै मौरीले टोक्दैनन् । बैज्ञानिकहरुको तथ्यअनुसार पोथी मौरीले मात्र टोक्छ ।‘स्टिङलेस मौरी’ वा ‘माइनिङ मौरी’ भन्ने प्रजातिको यति सानो हुन्छ कि यो प्रभावकारी पनि हुँदैन ।

मौरीको अध्ययन गर्ने विज्ञहरु भन्छन् कि मौरीले मानिस वा अन्य स्तनधारी जनावरहरुलाई टोकेर मर्छन । यसको कारण उनीहरुको पुच्छरमा रहेको खिलको वनावट हो । मौरीले त्यो खिल कसैको शरीरमा लुकाउन खोज्छ र भित्र पसेपछि बाहिर निस्कन निकै गाहे हुन्छ । यस्तो अवस्थामा जब मौरीले छालाबाट बाहिर निकाल्न खोज्छ तब यसको खिलसहित प्रजनन् अंगपनि शरीरबाट अलग हुन्छ । प्रजनन अंग र पेटका अंगहरुबिना मौरी केही घण्टा मात्र बच्न सक्छ । त्यसपछि अंग विफलताको कारण मर्छ । तर सबै मौरीहरु यस्तो हुदैनन् । अन्य किरा वा माकुरालाई टोकेरपनि जीवित रहने मौरीका करिब १० प्रजाति छन् ।

मौरीका खिल विभिन्न बनावटका हुन्छन् । कुनै मौरीको खिल चिल्लो हुन्छ । यस्तो अवस्थामा मौरीले डसेर मार्दैनन् । धेरैजसो मौरी शरीरमा खिल छोडेपनि ठिकठाक रहन्छन् । बैज्ञानिकहरुका अनुसार पोथी मौरीले मात्र टोक्छन् । किनभने एउटा घारमा भाले मौरी भन्दा पोथी मौरीको संख्या बढि हुन्छ । जसमा भाले मौरी र पोथी मौरीको १ः५ अनुपात रहेको छ । Photo Source: www.britannica.com



प्रतिक्रिया दिनुहोस्

Screenshot