काठमाडौं, ३ असार । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टीम जिम्बावेसँग पराजित भएको छ । नेपालको बलिङ चल्न नसक्दा हार व्यहोर्नुपरेको हो ।
टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको थियो। जिम्बावेले ४४.१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि जित निकालेको हो ।
नेपाल ८ विकेटले पराजित भएको हो । नेपालको लागि सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । यस्तै, १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।