Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक शुरु



काठमाडौं, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ। पार्टी स्थापना दिवस र ‘नयाँ युगको संकल्प’नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न आजको बैठक बसेको हो।

रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार आजको बैठकमा असार ७ गतेको स्थापना दिनको बारेमा छलफल हुनेछ । रास्वपाले स्थापना दिन पार्टी कार्यालय बालाजुमा सार्ने तयारी समेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्