Logo

एउटै विरुवामा फल्छ धेरै किसिमका तरकारी र फलफूल, अपनाउनुस् यो प्रविधि



नेपालमा कृषि क्षेत्रमाआधुनिकीकरण हुँदै गएको छ । साथसाथै नेपाली किसानहरु पनि आधुनिक बन्दै गएका छन् । यही कारणले गर्दा अहिले किसानहरुले कम ठाउँमा बढी बाली लगाएर आम्दानी गर्न थालेका छन् । तर, आज हामीले जुन प्रविधिको कुरा गरिरहेका छौं, त्यसबाट अब किसानहरुले एउटै बोटमा तीन प्रकारका बाली लगाउन सक्नेछन् । आजको यो लेखमा हामी तपाईलाई सोही प्रविधिको बारेमा जानकारी गराउने छौं ।

अहिले नेपालमा तरकारी तथा फलफूलको उत्पादन घट्दै गएको अवस्थामा अन्य खेतीहरु चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा बजारमा तरकारी तथा फलफूलको बढ्दो मागलाई कलमी प्रविधिले मात्र पूरा गर्न सकिँदैन । तर, कम जमिनमा धेरै बाली लगाएर पनि किसालने राम्रो आम्दानी गर्न सक्छन् । यो नयाँ कलमी विधिको बारेमा कुरा गर्दै यो विधि अनर्तगत नर्सरीमा विरुवाहरु तयार पारिन्छ । यो विधिलाई ‘पेन ग्राफ्टिङ’ प्रविधिले पनि चिन्ने गरिन्छ । यस प्रविधि अनर्तगत दुई वा तीनवटा विरुवालाई तेर्सो पारी काटिन्छ र टेपको सहायताले जोडिन्छ । त्यसपछि विरुवालाई २४ घण्टासम्म एकआपसमा जोडियोस् भनेर अँध्यारोमा राखिन्छ । ग्राफ्टिङको १५ दिनपछि विरुवालाई खेतबारी वा गमलामा रोपिन्छ । विरुवालाई अलग–अलग रोपेपनि विरुवा उम्रिएर ठूलो भएपछि ग्राफ्टिङको काम गरिन्छ ।

किसानले चाहेमा एक दिनमा पाँच हजारदेखी छ हजारसम्म विरुवा कलमी गर्न सक्छन् । जसमा विरुवा कलमी गरको १५ देखी २० दिनपछि खेतमा रोपिन्छ । विरुवालाई खेतमा लगाईसकेपछि विरुवामा आवश्यक पर्ने पानी र मलजल गर्नुपर्छ । साथसाथै विरुवालाई समय–समयमा काँटछाँट गनुपर्छ । ग्राफ्टिङ गर्नाले विरुवामा रोग र किराहरु लाग्न पाउँदैन । राम्रो उब्जाउ हुने गर्दछ । जसले गर्दा एकै समयमा धेरै प्रकारका बाली तयार पार्न सकिन्छ । यसरी खेती गर्दा आम्दानी पनि बढ्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot