Logo

नेपाललाई २ सय ८ रनको लक्ष्य



काठमाडौं, ५ असार । आइसीसी विश्वकप छनोट अन्तर्गत आज दोस्रो खेलमा अमेरिकाले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४९ खेल्दै सम्पूर्ण विकेट गुमाएर २ सय ७ रन जोडेको छ।

अमेरिकालाई २ सय ७ रनमा समेट्नका लागि करण केसीले ४ विकेट लिँदा गुल्सन झाले ३ विकेट लिए।

यस्तै, दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवँशीले १ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot