Logo

प्रचण्ड नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्नुहुँदैन, यदि परिवर्तन गर्ने हो भने मध्यावधिमा जानुपर्छ : वामदेव गौतम (भिडिओसहित)



काठमाडौं, ८ असार । नेकपा राष्टिय एकता अभियानका संयोजक वामदेव गौतमले अहिले सरकार परिवर्तन गर्न आवश्यक नै नभएको बताएका छन् । उनले अब सरकार परिवर्तन गर्नु भनेको अब नेपालमा कसैको पनि सरकार चल्दैन भन्नुजस्तै हुने बताए ।

उनले बरु अब सरकार परिवर्तन गर्नतिर लाग्नुभन्दा मध्यावधिमा जानुपर्ने सुझाव दिए । उनले विद्युतीय निर्वाचन गर्दा महँगो नहुने बताए । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हुने मध्यावधि निर्वाचनमा जनताले एक दललाई बहुमत दिनुपर्ने पनि बताए । उनले अहिलेपनि पूरानै दलको वर्चश्व रहेको सुनाए । उनले रास्वपासँग देश विकास गर्ने लिखित दस्तावेज नभएको बताए । उनले रास्वपाका सभापति रवि लामिछानेसँग धेरै अभाव रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot