Logo

भरतपुर महानगरले ‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’कार्यक्रमलाई निरन्तरता दिने



काठमाडौं,१० असार । चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्र यस अघिबाटै सञ्चालनमा ल्याइरहेको ‘एक वडाः एक जेष्ठ नागरिक विश्रामस्थल’कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिने भएको छ ।

महानगरपालिकाको १३औं नगर अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेट सार्वजनिक गर्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगर क्षेत्र भित्रका वडाहरुमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण गरि सञ्चालन गर्दै जेष्ठनागरिकको सहज जीवनका लागि उक्त कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्ष २०८०-८१ मा उक्त कार्यक्रमलाई निरन्तरता दिँदै कार्यान्वयन गर्नका लागि रु २ करोड रकम विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot