Logo

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्धमा रास्वपा



काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन माग गरेको छ । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले जिल्ला निर्वाचन कार्यालय खारेज गरि जिल्ला प्रशासन कार्यालमामार्फत राख्ने निर्णयलाई लोकतान्त्रिक व्यवस्थामाथिको कुचेष्ठाको संज्ञा दिए । उनले राज्यको संवैधानिक निकायमाथि हस्तक्षेप भएको खण्डमा रास्वपा चुप लागेर नबस्नेसमेत बताए ।

‘यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो । यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन । स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालमार्फत राख्नु यो सरकारको कुचेष्टा हो । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन भन्ने हाम्रो ठम्याईँ छ,’– उनले भने ।

सरकारको यो निर्णयले एकतिर जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने र अर्कोतिर स्वतन्त्र रुपमा जन्मिएका राष्ट्रिय पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने उनको भनाई छ । संघीय लोकतान्त्रिक व्यवस्था कुनै अमुक राजनीतिक पार्टीको मात्रै संघर्षले नआएको उनले बताए । कुनै राजनीतिक पार्टीको स्वार्थले राज्यका संवैधानिक निकायमाथि हस्तक्षेप गरेको खण्डमा रास्वपालाई सह्य नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot