Logo

बालेनसँग स्पष्टीकरण माग नगर्न अदालतको आदेश



काठमाडौं,१२ असार । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशहरु गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले बालेनसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार १ गतेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

यसअघि गत ७ असारमा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा भएको सुनुवाइमा क्यानको निर्णय कार्यान्वयन नर्गन अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो । आज असार ७ कै फैसलालाई निरन्तरता दिँदै अन्तरिम आदेश जारी गरेको हो ।

महानगरले विमानस्थल क्षेत्रमा क्यानले निर्माण गरिरहेको भवन कानून विपरीत निर्माण भएको भन्दै निर्माणस्थलमा रहेका विभिन्न सामाग्रीहरु नियन्त्रणमा लिएको थिए ।

प्राधिकरणले विमानस्थल क्षेत्रमा अनधिकृत प्रवेश गरेको भन्दै मेयर बालेनसँग स्पष्टीकरण माग गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध बालेनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot