Logo

यूएईविरुद्ध सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता



काठमाडौं,१७ असार । आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।

२८ रन बनाएर खेलिरहेका आर्यान्शं शर्मा  सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् । शर्मा आउट भएसँगै यूएईलाई दोस्रो झट्का लागेको छ । ४३ बलको सामना गरेका उनले ३ चौकासमेत प्रहार गरेका थिए ।

ताजा अवस्थामा यूएईले १६ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ६४ रन बनाएको छ । यूएईका लागि कप्तान भृत्य अरविन्दले २८ रन बनाउर खेलिरहेका छन् ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान एक एक विकट लिए ।
आजको विजेता टिमले सातौं स्थानको लागि आयरल्याण्डसँग खेल्नेछ भने पराजित हुने टिमले नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot