Logo

दीपेन्द्र चम्किदा नेपालसँग हार्यो युएई



काठमाडौं, १७ असार । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङमार्फत उत्कृष्ट प्रदर्शन गर्दा नेपालले युएईलाई हराएको छ।

जिम्बावेको तकसिङ्गा स्पोर्टस क्लबमा भएको खेलमा नेपालले टस जितेर युएईलाई पहिला ब्याटिङको निम्ता दिएको थियो।

युएईले निर्धारित ५० ओभरमा ४६.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १८१ रन मात्र जोड्न सक्यो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

ब्याटिङमा सुरूवातमै धर्मराएको नेपालका लागि मध्यक्रममा आएका अलराउन्डर दीपेन्द्रले उत्कृष्ट प्रदर्शनमा जित निकाल्न सफल भएको हो।

दीपेन्द्रले ७ चौका र २ छक्काको मद्धतले ८५ बलमा ७९ रन जोडे। उनलाई सन्दीप लामिछानेले साथ दिए।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot