Logo

पाँच घन्टापछि पुनः सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक



काठमाडौं, असार १८ । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पाँच घण्टा पछि पुनः सञ्चालनमा आएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो। पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालनमा आएको उनले बताए ।

पहिरोमा परी एउटा मालबाहकट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई सडक किनारामा राखिएको र सवारी आवागमन दुईतर्फी नै सञ्चालन गरिएको विष्टले बताए । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन आएको थियो।

 



प्रतिक्रिया दिनुहोस्