Logo

प्रधानमन्त्रीको राजीनामा विषय बेकार : सञ्चारमन्त्री शर्मा



काठमाडौं, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको विषय बेकारको भएको बताएकी छिन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनकि गर्दै मन्त्री शर्माले प्रधानमन्त्री दाहालको राजीनामाको विषय बेकारको भएको बताएकी हुन्।

उनले भनिन्,‘प्रधानमन्त्रीज्यूले विभिन्न ढंगले प्रधानमन्त्री बनाउन लाग्नुभएको भन्ने कुरा धेरै पहिलाको कुरा हो, त्यसका विषयमा उहाँलाई उल्लेख गर्नुभएको हो। जो व्यक्ति आजका दिनसम्म आइपुग्दासम्म जसरी मिडियामा बोलिसक्नुभएको छ, त्यो विषय पनि बेकार यो उठाउनुपर्ने विषय होइन, भन्ने नै प्रमाणित भएको, त्यसैले यो विषयले प्रधानमन्त्रीको राजीनामा सोच्न सकिने विषय होइन। राजीनामा दिनुहुन्न।’



प्रतिक्रिया दिनुहोस्

Screenshot