Logo

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुख व्यक्त



काठमाडौं,२६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा भएको मनाङ एयर हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

प्रचण्डले दुर्घटनामा परी मृत्यु भएका यात्रुप्रति भावपूर्ण श्रद्धासुमन समेत अर्पण गरेका छन् । उनले शीघ्र र प्रभावकारी उद्धारका लागि सम्बन्धित संयन्त्रलाई निर्देशन दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ । दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु’।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटना भएके थियो । उक्त दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot