Logo

बीआरआईको ऋणको बोझ नेपालले थाम्न सक्दैन : डा. नारायण खड्का



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अमेरिकी सत्प्रयास सकारात्मक भएको बताएका छन् ।
‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तेस्रो पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले एमसीसी कार्यान्वयनमा जोड दिँदै भएको छ । अमेरिकासँग हाम्रो केही समस्या छैन । नेपाल अमेरिकाको विश्वासिलो मित्र र लोकतान्त्रिक देश हो । यहाँको गरिबी हट्छ र आर्थिक समृद्धि हुन्छ भनेर हामी विद्युत् प्रसारण लाइन बनाउन र सडक सुधार गर्न आफैंले ५० करोड अमेरिकन डलर मागेका हौं । यो एक महिनापछि लागू हुँदैछ । त्यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ । नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अमेरिकी सत्प्रयास सकारात्मक नै मान्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. खड्काले अमेरिकीहरुले कहिलेकाहीँ नयाँ कुरा ल्याउने गरेको टिप्पणी पनि गरे । उनले भने, ‘अमेरिकीहरुले कहिलेकाहीँ नयाँ कुरा पनि ल्याउने गरेका छन् । कहिले एसपीपी भन्छन्, कहिले के भन्छन् । तर सन् २०१२ सालदेखिको एमसीसीको प्रक्रिया गत वर्ष फागुनमा आएर मात्र संसदबाट अनुमोदन भयो । समग्रमा यो नेपालकै फाइदाका लागि हो ।’
अर्को प्रसंगमा डा. खड्काले चिनियाँ प्रतिमण्डलले बीआरआई कार्यान्वयनमा दबाब दिए पनि नेपालले चीनको महँगो ऋणको बोझ थाम्न नसक्ने औंल्याए । उनले भने, ‘अहिले बीआरआई अन्तर्गत रसुवा–काठमाडौं रेल बिछ्याउने सर्वेको कुरा भइरहेको छ छ । तर हामी त्यो ऋणको बोझ लिन सक्दैनौं । हाम्रो देशको थाप्लोमा २०-२१ खर्ब ऋण छ । एक जना नेपालीको टाउको ७०-७२ हजार ऋण छ । ऋणमा बीआरआई सहयोग स्वीकार गर्न सकिँदैन । वल्र्ड बैंक, एडीबीले ०.५ प्रतिशत सहुलियतपूर्ण ब्याजमा ऋण दिन्छन्, बीआरआईको ब्याज महँगो छ । २ प्रतिशत छ । तसर्थ हामीलाई अनुदान चाहिन्छ ।’
छिमेकी भारतको प्रसंगमा उनले घनिष्ट सम्बन्ध भएको देशमा नै समस्या हुने पनि बताए । डा. खड्काले भने, ‘एउटा भ्रमणले सबै ठीकठाक हुने होइन । प्रधानमन्त्री प्रचण्डजी भारत जानुभयो, यहाँ खड्गप्रसाद ओलीजीले मुर्रा भैंसी चढेर आयो भनिदिनुभयो । विदेश नीतिमा सबैको एउटा आवाज बन्यो भने मात्र सबै देशले राम्रो रेस्पोनस गर्छन् भन्ने नेताहरुले बुझ्नुपर् यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot