Logo

शोकमा पाएको सद्भावले देश र जनताप्रति थप जिम्मेवार हु्न प्रेरित गरेको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनमा पाएको साथ, सद्भाव र सहयोगले देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले आफूहरुले शोकको क्षणमा पाएको साथ, सद्भाव र सहयोगले पीडाबाट बाहिर निस्कनमात्रै भएर देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताएका हुन् ।

‘शोकको यो घडीमा यहाँहरुको साथ, सद्भाव र सहयोगले हामीलाई पीडाबाट मात्र निस्कन मद्दत गरेको छैन, देश र समाजप्रति जिम्मेवार हुन प्रेरित गरेको महशुस गरेका छौं,’–उनले भने ।

पछिल्लो समय आफूहरुले दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु बेहोर्दा पनि सीताले आफ्नो शरीरले साथ दिएसम्म पीडामा पनि दुढतापूर्वक उभिएको उनको भनाई छ ।

‘पछिल्लो वर्षमा हामीले एक छोरी र एक छोरा गरी दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु बेहो¥यो । शरीरले साथ दिएसम्म उनी पनि यो पीडामा दृढतापूर्वक उभिइनै रहिन् । त्यो पीडाको सामना गरिनै रहिन्,’– सीतालाई सम्झिएर भावुक हुँदै प्रचण्डले भने ।

सीता विरामी भएपछि आफूहरुले राज्यको कुनै सुविधा नलिएर नै उपलब्ध भएसम्मको सबैखाले उपचार पद्धति अपनाएको प्रचण्डले बताए । थलामा परेपछि सीताको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भनेर आफूहरुलाई निकै चिन्ताले सताएको प्रचण्डले स्मररण गरे ।
‘उनको पीडादायी मृत्यु देख्नपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी मृत्यु पनि निकै शान्त रोजिन्,’– उनले भनिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot