Logo

जुम्ला, हुम्ला, कालिकोटमा नुन आएन (गजल)



  • सुमन तिमल्सेना

गणतन्त्र आयो , हाम्रो मनमा खुसी छाएन ।
बलिदान गर्ने वीरले नै न्याय पाएन ।

सधै तिम्रो भरिया भई लडेकै हुन् जनता,
दुःख गर्ने मजदुर साइला धनी कहिल्यै भएन ।

कागलार्इ बेल पाक्दा केको हर्ष हजुर,
दशै नङ्ग्रा खियाउँदा नि दुःख हाम्रो गएन ।

लुट्ने, ठग्नेहरुको सिसाको महल ठडिँदा,
न्याय पाउन लड्नेहरुको चुलो बलेन ।

असमानता,अराजकता बढेको छ दिनदिनै,
संसार बदल्न लड्नेको पेट भरिन पाएन ।

देश बेच्ने भ्रष्टाचारी, दलाल चाहिँ मन्त्री बने,
जुम्ला, हुम्ला, कालिकोटमा नुन आएन ।



प्रतिक्रिया दिनुहोस्