Logo

सत्ता गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुपर्छ: रमेश लेखक



काठमाडौं,५ साउन । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमेश लेखकले अहिलेको वर्तमान सत्ता गठबन्धनको स्थायित्वका लागि केन्द्रीय समिति बैठकले दृष्टिकोण बनाउनुजरुरी रहेको बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै उनले राजनीतिक विषयसँग वर्तमान गठबन्धनको विषय जोडिएर आउने भन्दै गठबन्धनको स्थिरताका लागि केन्द्रीय समितिले दृष्टिकोण बनाउनुपर्ने बताए ।

“एउटा ठूलो उपलव्धी गरेका छौं । नेपाली कांग्रेस तीन तहको सरकारमा सबैभन्दा ठूलो पार्टी भएको छ,” लेखकले भने, “यो गठबन्धनको राजनीतिक नेतृतव कांग्रेसले गरेको छ । यो गठबन्धनको स्थिरता र स्थायीत्वका लागि के निर्णय गरेर जान्छौं त्यसले पनि ठूलो अर्थ राख्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot