Logo

मन्त्रालयको जिम्मेवारी मोदीलाई सुम्पिएर मन्त्री ज्वाला जापान प्रस्थान



काठमाडौं,९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान गरेका छन् ।

जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री ज्वाला जापान प्रस्थान गरेका हुन् । मन्त्री ज्वाला आगामी साउन १२ गते मात्रै स्वदेश फर्किनेछन् ।

मन्त्री ज्वालाले आफ्नो अनुपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई तोकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot