Logo

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने टेस्लाको मोडल वाई उत्पादन सार्वजनिक



काठमाडौं, ९ साउन । बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने टेस्ला मोडल सार्वजनिक भएको छ । चाइनिज ब्रान्डको ब्याट्री प्रयोग गरिएको यो टेस्लाको पहिलो इलेक्ट्रिक कार जर्मनीको बर्लिनस्थित गिगाफ्याक्ट्रीमा सार्वजनिक गरिएको हो ।

बीवाईडी र टेस्ला दुई प्रतिस्पर्धी कम्पनी भएकाले एक अर्कामा सहयोग हुने कुरा कसैले अनुमान गरेका थिएनन् । मे महिनामा टेस्लाको मोडल वाई उत्पादन हुन थालेको र यसमा बीवाईडीको एलएफपी ब्लेड ब्याट्री प्रयोग हुने बताइएको थियो । त्यसपछि अहिले पहिलो मोडल सार्वजनिक भएको हो ।

गत मे २० मा टेस्ला बर्लिन प्लान्टमा यसलाई सार्वजनिक गरिएको हो । यद्यपि यो प्रोडक्सन मोडल नभई प्रोटोटाइप मात्र हो । यो एक इन्ट्री लेवल इलेक्ट्रिक कार हुनेछ, जसमा ५५ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ र सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिन्छ ।

बीवाईडीको सहायक कम्पनी फिनड्रिम्सले आफ्नै इनहाउस ब्याट्रीको रुपमा ब्लेड ब्याट्रीको विकास र उत्पादन गर्दै आएको छ, जुन विश्वमै नौलो प्रविधि र क्षमतायुक्त ब्याट्री मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot