Logo

जसपाका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठपनि निर्वाचन आयोगमा, अशोक राईको नेतृत्वमा नयाँ दल गठन



काठमाडौं, २३ बैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । दल विभाजन गरेर नयाँ दल दर्ताको लागि ७ जना सांसद निर्वाचन आयोग पुगिसकेका छन् । अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेको बेलामा उनको दल विभाजन भएको हो । अशोक राईको नेतृत्वमा दल विभाजन भएको हो ।

दल विभाजनको लागि वन तथा वातावरणमन्त्री समेत रहेका नवलकिशोर साह र राज्यमन्त्री दीपक कार्कीपनि निर्वाचन आयोग पुगेका छन् । दल विभाजनको लागि सांसदहरु डा. वीरेन्द्र प्रसाद महतो, प्रदीप यादव, सुशिला श्रेष्ठ, रञ्जु ठाकुर, हसिना खानलगायत आयोगमा छन् ।

रोचक त के भने दल विभाजनको लागि पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि निर्वाचन आयोग पुगेका छन् । आयोगमा अध्यक्ष यादवविरुद्ध आक्रामक रहँदै आएका नेता मोहम्मद इस्तियाक राईपनि पुगेका छन् । नेता आङकाजी शेर्पापनि देखिएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot