Logo

लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न ल्यारक्याल लामाको पनि दौडधुप



काठमाडौं, ११ साउन । लुम्बिनी विकास कोषका उपाध्यक्ष पदको लागि पूर्व सांसद तथा पूर्व अर्थ राज्यमन्त्री ल्यारक्याल लामा पनि इच्छुक देखिएका छन् । लामाले कोषको उपाध्यक्षको लागि दौडधुप सुरु गरेका छन् ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको दौडधुप बढ्न थालेको छ । त्रिपाठी कोष्को उपाध्यक्षमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा २०७५ सालमा नियुक्त भएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती अहिले कोषको अध्यक्ष छन् । उपाध्यक्ष त्रिपाठीको कार्यकाल भने गत सोमबारबाटै सकिएको छ । पूर्व सांसद लामाले प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत उपाध्यक्षमा आफ्नो दाबी बढाएका छन् । सोमबारबाट कार्यकाल सकिएका त्रिपाठीले पनि पूनः दोहोरिने चाहना राखेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot