Logo

आँखा स्वस्थ राख्ने उपायहरु



सविता सिंह ठकुरी : आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । आँखा नभई हामी कुनैपनि काम गर्न वा कुनैपनि चिजहरु देख्न सक्दैनौं । आँखाको मद्दतले हामी विभिन्न कामहरु गर्ने गर्दछौं। जसले मानव जीवनलाई सहज र सरल बनाउँछ । मानिसको बढ्दो उमेरसँगै हेर्ने दृष्टि पनि कम हँुदै जान्छ । कतिपय मानिसहरुले कम उमेरमै आँखाले राम्रोसँग हेर्न सकेका हुँदैनन् । अहिलेको समयमा मानिसहरुको आँखा छिटो कमजोर हुने र बच्चाहरुले समेत कम देख्ने समस्या देखिएको छ । कतिपय अवस्थामा खानपिन नमिल्नाले, वंशाणुगत गुण, प्रदुषित वातावरण र कम्प्यूटर, मोवाइलको बढि प्रयोगले यस्तो समस्या देखिने गर्दछ ।

आँखा कम देख्ने समस्याले कतिपय मानिसको जीवनलाई अन्धकारतर्फ धकेलेको हुन्छ । आँखा चिलाउने, पोल्ने, आँशु बगिरहने, घाममा हेर्न नमिल्ने जस्ता समस्याहरु हुने गर्दछन् । त्यसैले हामीले आँखालाई राम्रोसँग ध्यान पु¥याउन जरुरी हुन्छ । विभिन्न अवस्थाले हाम्रो आँखालाई जोखिम पु¥याउँछ । जसले गर्दा हाम्रो आँखामा अन्धकार छाउन सक्छ । आँखामा विभिन्न प्रकारका भाइरसले गर्दापनि असर पार्ने गर्छ । आँखामा कुनै समस्या देखिनासाथ चेकजाँच गरी चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । आँखालाई स्वस्थ्य राख्न कतिपय अवस्थामा हामीले ध्यान दिन जरुरी हुन्छ ।

हाम्रो वरपरको वातावरण कस्तो छ, आँखामा कुनै बस्तु परेमा के गर्ने, कुन अवस्थामा र कति पावरको चस्मा लगाउने भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । यदि बच्चाहरुको आँखामा कुनै समस्या देखापर्ना साथ चिकित्सक कँहा गई चेकजाँच गर्नुपर्दछ । हामीले आँखालाई स्वस्थ्य राख्न विभिन्न कुराहरुमा ध्यान दिन जरुरी हुन्छ र दैनिक लागु गर्नुपर्दछ । जसले मानिसको जीवनलाई सहज र स्वस्थकर बनाउन मद्दत गर्दछ ।

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्नै कुराहरु

१. भिटामिन ‘ए’ र ई’ पाइने पोषक तत्व प्रशस्त मात्रामा प्रयोग गर्ने ।
२. ओमेगा–३ फ्याटी एसिडको प्रयोग गर्ने ।
३. लुटेन जिंकको प्रयोग गर्ने ।
४. चर्को घाममा सनग्लास लगाउने ।
५. व्यायाम र कसरत गर्ने ।
६. धुलो वा धुवा बाट टाढा रहने ।
७. शरीरलाई हानी पु¥याउने खानेकुराको सेवन नगर्ने ।
८. कम्प्यूटर जस्तो बिद्यूतिय यन्त्रमा काम गर्नुपरेमा चस्माको प्रयोग गर्ने ।
९. आँखालाई नमिच्ने वा कुनै बस्तु परेमा सफा पानीले सफा गर्ने ।
१०. धुम्रपान सेवन नगर्ने ।
११. बच्चाहरुलाई धेरै मोवाइल हेर्न नदिने ।
१२. आँखालाई स्वस्थ राख्न आँखालाई केहि मिनेट सम्म घुमाउने, तलमाथी पार्ने, दाया बाया घुमाउने, आँखा खोल्ने र बन्द गर्ने र आँखा झिमझिम पार्ने जस्तो आँखाको कसरत गनुपर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot