Logo

भुईँकटहरले तनाव कम गर्नेदेखि हड्डी बलियोसम्म बनाउँछ



काठमाडौं । मानवको वृद्धि र विकासको लागि फलफूलको महत्वपूर्ण भुमिका रहन्छ । त्यसमध्ये एक-भुईँकटहर हो । जसले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै शरीरलाई संक्रमित हुनबाट बचाउँछ । यो फल एउटा बोटमा एउटा मात्रै फल्ने गर्दछ । यसलाई हामी गर्मी मौसममा खाने गर्दछौं । यसलाई जुस वा सलादको रूपमा खाने गर्दछौं । यसको जुसले शरीरलाई शीतलता प्रदान गर्नुको साथै शरीरमा इम्युन सिस्टम बढाउन मद्दत गर्दछ । यो फल मिठो र स्वादिलो हुने भएकोले धेरै मानिसले खाने गर्दछन् । यो फल मिठो हुनुको साथै यसको फाइदाहरु पनि धेरै रहेका छन् ।

भुईँकटहर खानुका फाइदाहरु
१. १०० ग्राम भुईकटहरमा ४६ क्यालोरी, कार्बोहाइट्रेड १० ग्राम, फाइबर ५ ग्राम, फ्याट १ ग्राम, प्रोटिन ४ ग्राम, आइरन, भिटामिन ‘सी’, सोडियम, पोटासियम पाइन्छ ।
२. यसमा फ्लेबिनोइड र फेनोलिक एसिड पाइन्छ जसले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्दछ ।
३. ब्रोमेलिन एन्जाइमले हाम्रो डाइजेसन गर्ने काम गर्दछ ।
४. शरीर सुन्निने समस्या कम गर्छ
५. हड्डी बलियो बनाउछ ।
६. आँखालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
७. स्ट्रेस कम गर्छ ।
८. तौल कम गर्न मद्दत गर्छ ।
९. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।



प्रतिक्रिया दिनुहोस्