Logo

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आव्हान



काठमाडौं,१४ साउन । सरकारले संवैधानिक परिषद्को बैठक आव्हान गरेको छ । मंगलबार दिउँसो ४ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो । परिषद्को आगामी बैठकले सर्वोच्चमा अदालतमा साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा सिफारिस गर्नेछ ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यहि साउन २० गतेबाट उमेरददका कारण अनिवार्य अवकासमा जाँदैछन् । प्रधानन्यायाधीशको नियुक्ति प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ ।

प्रधानन्यायाधीश कार्कीपछि हाल सर्वोच्चमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । कार्कीको अवकासपछि उनै श्रेष्ठ सर्वोच्चको नयाँ प्रधानन्यायाधीश हुनेछन् । संवैधानिक परिषद्को बैठक बोलाउने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

छलफलमा छिट्टै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता,सभामुख,उपसभामुख,राष्ट्रिय सभाका अध्यक्ष, र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।  File photo /RN



प्रतिक्रिया दिनुहोस्

Screenshot