Logo

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मूल नारासहित युवा संघद्वारा रातमाटे फनपार्कमा वृक्षारोपण



काठमाडौं, १६ साउन । राष्ट्रिय युवा संघ चितवनको आयोजनामा रातमाटे फनपार्कमा वृक्षरोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीको समन्वयमा ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मूल नाराको साथ वृक्षरोपण गरिएको हो ।

निर्माणाधीन रातमाटे फनपार्क एण्ड पिकनिक स्पोर्टमा दुई सय ५० वटा विरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रम एक महिनासम्म चल्ने बताइएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) का पोलिटव्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी, केन्द्रीय सदस्य जेएन थपलिया, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, एमाले चितवन जिल्ला उपाध्यक्ष कमल पाठक, राप्ती ८ का वडा अध्यक्ष पूर्णप्रसाद आचार्य, युवा संघ केन्द्रीय सदस्य शंकर अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरु कार्यक्रममा उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot