Logo

अधिवक्ता भगवती पाण्डे पक्राउ



काठमाडौं,१७ साउन । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्।

पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।

नेपाल तामाङ संघ, नेपाल मगर संघ लगायतका संस्थाले उजुरी दिएपछि केहीदिन अघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।

अधिवक्ता पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot