Logo

क्यानडाका प्रधानमन्त्रीले गरे सम्बन्ध विच्छेद



काठमाडौं, साउन १८ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोले सम्बन्ध विच्छेद गरेका छन् । यी दम्पतीले इन्स्टाग्राममार्फत आफ्नो १८ वर्षे बैबाहिक जीवनको अन्त्य गरेको जानकारी गराएका छन् ।

क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको जानकारी दिदै आफूहरु सधैँ जस्तै परिवार नै रहिरहने र एकअर्काको माया र सम्मानका लागि जे गरेका छौँ, त्यो भविश्यमा पनि गरिरहने बताएका छन् । दम्पतीका तीन सन्तान छन् ।



प्रतिक्रिया दिनुहोस्