Logo

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । आज (बिहीबार) अपरान्ह ४ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बालाइएको हो ।

अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक बोलाइएको हो । छलफलका अन्य एजेण्डा बझाङ र रुपन्देहीका घटनाहरु रहेका छन् ।

बझाङमा रास्वपाका जिल्ला संयोजकले पत्रकार कुटेपछि उनी विवादमा तानिएका थिए भने रुपन्देहीमा रास्वपाका कार्यकर्ताबीच विवाद भएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot