Logo

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की : बुधबार रिसाए, बिहीबार दिए बधाई



काठमाडौं, १८ श्रावण । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नव गठित प्रदेश सरकारलाई बधाई दिएका छन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले नव गठित प्रदेश सरकारलाई बधाई दिएका हुन्।

निवर्तमान मुख्यमन्त्री कार्कीले नयाँ मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणमा आफूलाई नबोलाएको भन्दै रिसाएका थिए।

बुधबार उनले मुख्यमन्त्रीको शपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्रीलाई नबोलाउनु निर्लज्जताको पराकाष्ठा भएको बताएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot