Logo

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरू



काठमाडौं,१८ साउन । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहंदरबारमा सुरु भएको हो ।

आजको बैठकले साउन २० गतेबाट रिक्त हुन लागेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिस गर्नेछ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गतेबाट अनिर्वाय अवकाशमा जाँदैछन् ।

आजको बैठकले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ ।

मंगलबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो तर प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सोही दिन प्रधानन्यायाधीशको नाम टुंगो लगाउन नचाहेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot