Logo

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस



काठमाडौं,१८ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले श्रेष्ठको नाम सिफारिस गरेको हो ।

वर्तमान प्रधानन्यायाधी हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट अनिवार्य अवकासमा जाँदैछन् । प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठ सर्वोच्चका वरिष्ठतम न्यायाधीश हुन् । अब संसदीय सुनुवाई समितिमा सुनुवाइ र अनुमोदन भएपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।

संसदीय सुनवाइ समितिबाट नाम अनुमोदन हुन समय लाग्ने भएकोकारण न्यायालय अझै केहििदन नेतृत्ववीहिन बन्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot