Logo

कर्णाली प्रदेशका पूर्वसचिव भारीसहित १६ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर



काडमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश सरकारका पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहति १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आज उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP)सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको हो ।

‘‘सुर्खेत जिल्लाको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सासमेतको विपरीत हुने गरी निर्माण कार्य गरीरगराई र नभएरनगरेको निर्माण कार्यलाई भएरगरेको भनी नापी किताबमा सहीछापसमेत गरी तथा गुणस्तरहीन कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतबाट कर्णाली कोल्डचेन लजिस्टिक प्रालि।,सुर्खेतलाई भुक्तानी भएको ९२ लाख ४३ हजार दुई सय ९८ रुपैँया बिगो बराबरको सरकारी हानिनोक्सानी गरेको आरोपसहित कानूनअनुसार सजायको मागदाबी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ’’। अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले राजेन्द्र प्रसाद भारी, गणेश भण्डारी, हरि प्रसाद पण्डित, हरि बहादुर थापा, भक्तिराम शर्मा, गुरु प्रसाद अधिकारी, उत्तम कुमार बस्नेत, खिमलाल वली, सुरेश कुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्ण राज भारती, कलाधर उपाध्याय, लक्ष्मण कडेल, प्रवल शाही र महेश शर्मासहित १६ जनालाई प्रतिवादी बनाएको छ ।

यस्तो छ अख्तियारले सार्वजनिक गरेको पुरा विवरण 



प्रतिक्रिया दिनुहोस्

Screenshot