Logo

‘माधव नेपाल भाग्ने मान्छे होइन, आत्तिएको पनि छैन’



काठमाडौं,२९ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।

पूर्व निर्धारित कार्यक्रम छोट्याएर स्वदेश फर्किएका अध्यक्ष नेपालले आफ्नो नाम ललिता निवास प्रकरणमा जोडिैपछि कतिपय मिडियाले माधव नेपाल भाग्यो भनेर लेखेको भन्दै आपत्ति जनाए । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले आफु भागेर,देश छोडेर हिड्ने खालको मान्छे नपरेको दाबी गरे ।

“पत्रपत्रिकामा मेरो बारेमा जोडिएर समाचार आयो, कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नुपर्थ्यो,” उनले भने, “गोली चल्ने बेलामा, गोली खानी बेलामा त नभाग्ने मान्छे, अनि बदमासी र कुनै पनि अपराध नगर्दाखेरि तर्सेर भाग्ने खालको मान्छे माधव नेपाल हुँदै होइन ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर सट्टाभर्ना गर्ने निर्णय तत्कालीन प्रधानमन्त्री नेपालको पालामा भएको थियो । उक्त प्रकरणमा सयौं रोपनि जग्गा हिनामिना भएको अख्तियारको ठहर छ । पूर्व प्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पनि बउान लिन सिआइबीलाई सर्वोच्चले आदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot