Logo

आजदेखि मलमास समाप्त हुँदै



काठमाडौं, साउन ३१ । यही २ साउनदेखि सुरु भएको अधिकमास अर्थात् मलमास आज समाप्त हुँदैछ । आज दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ ।

भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ ।

मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ । काँसको थालमा भगवान् विषणुका नामले ३३ वटा मालपुवा राखेर तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ । मलमासका कारण यस वर्ष जनैपूर्णिमा, तीज दशैँ र तिहार जस्ता चाडपर्व झण्डै एक महिना पछाडि धकेलिएका छन्।

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ । यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ । तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot