Logo

युवा उद्यमीलाई अर्थमन्त्री महतको सुझाव, ‘युज योर माइन्ड’



काठमाडौं, ३१ साउन । अर्थमन्त्री प्रकाशशरण महतले सरकार युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न हर किसिमबाट तयार रहेको बताएका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित ‘उद्यमशील युवा, श्रृजनशील युवा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुले आफ्नो दिमागको प्रयोग गरेर नेपालमै उद्यमशीलताको सुरुवात गर्न पर्ने बताएका हुन् ।

‘हामीले आफैंले केही स्टार्ट गरौं । युज योर माइन्ड । सरकार हर किसिमबाट युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न चाहन्छ । यहाँ केही हुन थाल्यो भन्ने भएपछि बाहिर गएकाहरु पनि आफैं आउँछन्,’– उनले भने ।

धेरै युवाहरुले नेपालमै उद्यमशीलताका राम्रा कामहरु सुरु गरेको भन्दै उनले यहाँ केही पनि छैन, हुनै सक्दैन, हुने सम्भावना छैन भन्नेजस्ता लघुतभास त्याग्नुपर्ने बताए ।

‘यहाँ अवसरहरु सिर्जना गर्न हो र अवसरलाई हेर्नुपनि पर्यो । यहाँ केही पनि छैन, हुनै सक्दैन, हुने सम्भावना छैन भन्ने कुरा छैन । धेरैले यो अवसरलाई प्रयोग गरिराखेका छन् । युवा साथीहरुले पनि यो अवसरलाई प्रयोग गर्नुपर्यो,’– उनले भने ।  File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot