Logo

६० किलो सुन बरामद प्रकरण: थप दुईजना चिनियाँ नागरिक पक्राउ



काठमाडौं,१ भदौं । गत साउन ३ गते हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot