Logo

गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी छैन् : ओली



काठमाडौं, ६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् । तर, सरकारलाई छानबिन गर्न मन लागे गर्न उनको सुझाव छ ।

एक महिनापछि सदनको अवरोध हटेपछि प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सहभगाी हुने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्री ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयको बचाउ गरे । उनले विनाकानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि आफ्नो पार्टी नेतृत्वको सरकारले कानून बनाएर व्यवस्थित गर्ने काम गरेको स्पष्ट पारे । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot