Logo

वनमन्त्री डा. महतोद्धारा चन्द्रयान–३ को सफल अवतरणमा भारतलाई बधाई



काठमाडौँ, ६ भदौ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत मन्त्री महतोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई यो सफलताको लागि बधाई दिएका हुन् ।

चन्द्रयान–३ को सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा भारतले ऐतिहासिक उपलब्धि हाँसिल गरेको र यो क्षेत्रको लागि पनि गर्वको विषय भएको मन्त्री महतोको भनाई छ । भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।

 



प्रतिक्रिया दिनुहोस्