Logo

जडिबुटीमा बसपार्क र टिकट काउन्टर सञ्चालनमा ल्याउदै पूर्व अरनिको यातायात



काठमाडौं, भदौ ८ । पुर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीबाट बसपार्क सञ्चालन गर्ने बागमती प्रदेशका सांसदहरुसंग छलफल अगाडी बढाएको छ ।

काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले छुट्टै बसपार्क निर्माण गरिरहेको हो ।

पुर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्रीले यात्रुहरूको सुविधा, समय र इन्धनको बचतलाई मध्यनजर गर्दै पूर्व अरनिको यातायातले जडिबुटीमै बसपार्क बनाउनेबारे छलफल गरेको बताए ।

दोलखा, जिरी रामेछाप लगाएतका अन्य जिल्लाहरुमा जाने बस गंगबु बसपार्कमा लैजादा यात्रुहरूले सास्ती खेप्नुपर्ने, अघिक समय जाममा बस्नुपर्ने, समय र इन्धनको समेत समस्यालाई मध्यनजर पूर्व अरनिको यातायाता प्रालिले काठमाडौं महानगरपालिका–३२ नम्बर वडाको जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको अध्यक्ष क्षेत्रीले बताए ।

जडिबुटिमा पाँच वर्षका लागि जग्गा भाडामा लिएर पूर्व चल्ने गाडिको लागि बस बसपार्क, टिकट काउन्टर र निःशुल्क शौचालय निर्माण निर्माणधिन रहेको उनको भनाई छ ।

राजधानी पूर्व सञ्चालन हुने यात्रुवस र यात्रुहरुलाई गोगंबु नै पुगेर बस चढ्नु पर्ने निर्णय अव्यवहारीक र आर्थिक रुपमा समेत भार पर्ने भएपछि आफुहरुले जडिबुटीमा सुविधासम्पन्न बसपार्क निर्माणको सुरुवात गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

बागमती प्रदेशका वन तथा वातवरण मन्त्री मसिना खडका भण्डारी सहित राजधानी पुर्वका जिल्लाका १० बढी सासंदहरुले निर्माणधिन बसपार्कको स्थलगत निरीक्षण गरेर प्रदेश सरकारको तर्फबाट बसपार्क सञ्चालनका लागि तत्कालै निर्णय गराउने सासंदहरुले प्रतिवद्धता ंजनाएका छन् ।

बसपार्क निरीक्षणपछि छलफलको क्रममा बागमती प्रदेशका मन्त्री, सांसदहरुबाट राम्रो नै प्रतिकृया आएको जनाउँदै उनले भने, ‘सरकारले नै व्यवस्थित बसपार्क निर्माण गर्नुपने भएपनि अरनिको यातायात आफै अग्रसर भएर उक्त पहल गरेकाले यस्तो राज्य लाई टेवापुग्ने कार्यक्रममा सहभागीहरुले जनाएका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot