Logo

गुल्सन २३ रनमा आउट, नेपालको ब्याटिङ धरापमा



काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले छैटौं विकेट पनि गुमाएको छ ।

श्रीलंकामा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको नेपालले मध्ययम प्रर्दशन गर्नेक्रममा छैटौं विकेट गुमाएको हो । नेपालले छैटौं विकेटको रुपमा गुल्सन झा लाई गुमाएको हो । गुल्सन २३ रन बनाएर आउट भए । उनी मोहम्मद सिराजको बलमा आउट भएका हुन् ।

ताजा अवस्थामा नेपालले ३द्द ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको छ ।

नेपालले लगातार रुपमा विकेट गुमाउँदै गएको छ । ओपनरद्धय आरिफ शेख र कुशल भूर्तेलले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य ब्याटस्म्यानहरुले राम्रो खेल्न नसक्दा नेपालको पाली धरापमा परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot