Logo

उपेन्द्र यादवलाई राजकिशोर यादवसहित चार सांसदको साथ



काठमाडौं, २३ बैशाख । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी, नेपाल विभाजन भएको छ । दल विभाजनको लागि राईको नेतृत्वमा ७ जना सांसद आज निर्वाचन आयोग पुगेका छन् । राईलाई साथ दिनेहरुमा सांसदहरु प्रदीप यादव, वीरेन्द्र महतो, सुशिला श्रेष्ठ, रञ्जु ठाकुर, हसिना खान र नवलकिशोर साहु सुडी रहेका छन् ।

उता, यादवलाई साथ दिने सांसदहरु भने चार जना भएका छन् । राजकिशोर यादव, प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव रहेका छन् । जनता समाजवादी पार्टी, नेपालमा १२ जना सांसद थिए । अब यादवसहित ५ जना सांसद रहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot